स्व.जयनन्द लामा अभिनित चलचित्र 'अभियान'को ट्रेलर सार्बजनिक (ट्रेलर सहित) — OSNepal

स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

LC (KTM) June 18, 2022 0

इटहरी- तामाङ ऎतिहासिक थाकथलो ‘किपट’ को कथामा निर्माण भएको नेपाली चलचित्र ‘अभियान’ को पोस्टर, ट्रेलर र एक गीत सार्बजनिक गरिएको छ । हिजो असार ३ गते इटहरीमा एक पत्रकार सम्मेलन गरेर सार्बजनिक गरिएको हो । पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका टिम सहित प्रदेश १ का कलाकर्मीको समेत उपस्थिति रहेको थियो । चलचित्रमा स्व.जयनन्द लामाको समेत प्रमुख भुमिका रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा लामाको सम्झनामा दियो बाल्दै मौन धारण गरिएको थियो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरलाई युट्युबमा भने ओएसआर डिजिटलबाट सार्बजनिक गरिएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त पत्रकार सम्मेलनमा चलचित्रका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले ‘अभियान’ निर्माणका क्रममा ५५ लाख लगानी लागेको जानकारी गराए । कोशी भिजन फिल्म्सको ब्यानरमा बनेको चलचित्रकी निर्माता मैना घिसिङ हुन् । चलचित्रको ट्रेलर सार्बजनिक गरिए पनि प्रदर्शन मिति भने तय भएको छैन । प्रदर्शनको लागि उपयुक्त मितिको पर्खाई रहेको र चाडै नै सो मिति पनि घोषणा गर्ने लामाको भनाइ छ । हाललाई ट्रेलरमा चाडै प्रदर्शन हुँदैछ भनेर सार्बजनिक गरिएको हो । हेर्नुस् ट्रेलर यस्तो बनेको छ ।

चलचित्रमा स्व. जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रमा २ ओटा गीत समावेश गरिएको छ । जसको शब्दहरू पनि निर्देशक लामाले नै लेखेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियार स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङको रहेको छ । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर