प्रत्येक साताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिने — OSNepal

प्रत्येक साताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिने

LC (KTM) June 19, 2022 0

काठमाडौं ५ असार । काठमाडौं महानगरपालिकाले अब प्रत्येक साताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक साताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने बताएको हो ।

महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् ।

नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने पनि जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर