लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने मेयर शाहको घोषणा — OSNepal

लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने मेयर शाहको घोषणा

LC (KTM) June 19, 2022 0

काठमाडौं :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार ११ औं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शाहले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ ९रक्सि०लाई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् । त्यस्तै काठमाडौं महानगरपालिकाले अब प्रत्येक साताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक साताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने बताएको हो ।महानगरपालिकाका मेयर बालेन ९बालेन्द्र० साहले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् ।नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने पनि जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर