बिष्णु क्षेत्री र सरु गौतमको ‘नबोल हेपेर’ मा पुष्प र अञ्जनाको रोमान्स — OSNepal

बिष्णु क्षेत्री र सरु गौतमको ‘नबोल हेपेर’ मा पुष्प र अञ्जनाको रोमान्स

LC (KTM) June 19, 2022 0

अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा बिष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन् । मिलन विष्टको शब्द, नविन रावलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । बिकाशा प्रोडक्सनले भिडियोको निर्माण गरेको होे ।

भिडियोमा पण्डितकी छोरी र मूर्तिकारबीचको प्रेमलाई प्रस्तुत गरेका छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनेको छ ।

सागर प्रधानको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बुधबार सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ ।

भिडियोलाई स्रोता दर्शकले प्रतिक्रिया पनि राम्रो दिएका छन् ।

भिडियो ‘उमारन क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *