काडमाडौंमा हैजा रोकथाम नियन्त्रणका लागि छानबिन टोली गठन — OSNepal

काडमाडौंमा हैजा रोकथाम नियन्त्रणका लागि छानबिन टोली गठन

LC (KTM) June 22, 2022 0

काठमाडौं ८ असार । हैजाको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा छानबिनका टोली गठन गरिएको छ ।

उपत्यकामा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।

काठमाडौंमा हाल सम्म ४ जनामा हैजा पुष्टि भइसकेको छ । हाल बागबजारमा हैजा पुष्टि भएको छ । त्यस स्थानमा अहिले सम्बन्धित परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन गरिसकेको छ ।

चारवटा केसको ट्रेस भइसकेको र बागबजार क्षेत्रको पानी परीक्षण गर्न ल्याबमा पठाएको छ । हाल हैजा पुष्टि भएका बिरामीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर