पेट्रोलको भाउ बढेको भन्दै बेहुला-बेहुली सहित जन्ती पनि साइकलमै, बेहुलीसँग सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड — OSNepal

पेट्रोलको भाउ बढेको भन्दै बेहुला-बेहुली सहित जन्ती पनि साइकलमै, बेहुलीसँग सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड

LC (KTM) June 22, 2022 0

तनहुँ :

पेट्रोलको भाउ बढेपछि साइकलमा बेहुला९बेहुली सहित जन्ती लिएर हिडेको तस्विर अहिले भाइरल बनेको छ । यो भाइरल तस्विर कुनै दशेको नभइ नेपालकै तनहु जिल्लाको रहेको छ । व्यास नगरपालिका–१० का २६ वर्षिय विनोद सापकोटाले साइकलमा चढेर गएर साइकलमा नै राखेर बेहुलीलाई घरमा भित्र्याएका छन् ।

भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यको लागि पहल गर्नुपर्छ भनेर साईकल प्रयोग गरेको हुँ, बेहुला विनोद सापकोटाले बताए । बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौली पुगेका थिए । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए ।

बेहुला सापकोटा साईकलका खेलाडी समेत रहेका छन् । इन्धन बचाउने मात्रै नभई मानिसलाई निरोगी पनि बनाउने भएकोले प्रयोग बढाउनु पर्ने यसरी गरिएको विवाहले साइकलको महत्व बढ्ने भएकोले खुसी लागेको बेहुलाका भिनाजुले बताए । बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्नेहरुको भीड जम्मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर