काठमाडौंको धाराको पानीमा दिसामा पाइने संक्रामक जिवाणु फेला, पानीमा उमालेर मात्र खान स्वास्थ्य मन्त्रालयको आग्रह – OSNepal

काठमाडौंको धाराको पानीमा दिसामा पाइने संक्रामक जिवाणु फेला, पानीमा उमालेर मात्र खान स्वास्थ्य मन्त्रालयको आग्रह

Kabita Ghimire (KTM) June 22, 2022 0

काठमाडौं ८ असार । काठमाडौंको धाराको पानीमा दिसामा पाइने संक्रामक जिवाणु फेला परेको छ ।

काठमाडौंमा बागबजारमा आइतबार हैजा पुष्टि भएका दुई महिलामा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टिसँगै गरिएको नमुना परिक्षणमा दिसामा पाइने ‘फिकल इकोली’नामक जीवाणु फेला परेको हो ।

साथै , हैजा देखिएका अन्य स्थानमा पनि पानीको नमुना परिक्षण भइरहेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारी जानकारी दिएका छन् ।

पानीबाट हैजा संक्रमण भएको पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पानी उमालेर मात्रै पिउन र जथाभाबी खानेकुरा नखान आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर