बे एरियामा अक्टोबर २३ मा कुकुर पूजा गरिँदै — OSNepal

बे एरियामा अक्टोबर २३ मा कुकुर पूजा गरिँदै

LC (KTM) June 22, 2022 0

अमेरिका । बे एरीयामा आक्टोबर २३ का दिन कुकुर पूजा गरिने भएको छ ।

प्रोजेक्ट एंटर्टेन्मेंट एउटा यस्तो नाम बन्न सफल भएको छ जस्ले एक पछि अर्को भव्य कार्यक्रम गर्न सफल भएका बेला यसपटक पनि एउटा फरक खालको इभेन्टसहित प्रोजेक्ट इन्टरटेनमेन्ट टिम तयार भएको छ ।

र सोही टिमले यो वर्ष कुकुर पूजाको कार्यक्रम गर्ने भएको छ । यो कार्यक्रम नेपालीहरूँको लागी सामान्य भएपनि विदेशी भूमिमा यो पहिलो कार्यक्रम हुने आयोजकले जनाएको छ । नेपाली हम्रो कला संस्कृति विदेशमा देखाउने र चिनाउने यो एउटा अवसर पनि भएको आयोजकको भनाई छ ।

कुकुर तिहार

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकमा दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिनमा पर्छ । यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन – अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर – डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर