'मात्तिएको मस्त मौसम' मा जोर्डन र स्मारिकाको अभिनय, हेर्नुहोस् भिडियो — OSNepal

‘मात्तिएको मस्त मौसम’ मा जोर्डन र स्मारिकाको अभिनय, हेर्नुहोस् भिडियो

LC (KTM) June 23, 2022 0

भूमिका राईको प्रस्तुतिमा ‘मात्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा एसपी कोइरालाको शब्द , दिप घतानीको संगीत रहेको छ भने यसलाई सुमन केसी र रचना रिमालले गाएकी छिन् । रोमान्टिक प्रेमभाव बोल्ने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियोमा जोर्डन राजभण्डारी र स्मारिका ढकाल फिचर्ड छन् ।

गीतको शब्दलाई यी दुइको प्रेमभावमा व्यक्त गर्दै भिडियो तयार गरेको निर्देशक खड्काले बताए । ‘एउटा प्रेमिल जोडीको भवन र प्रेमलाई गीत अनुसार नै भिडियोमा व्यक्त गरिएको छ’ निर्देशक खड्काले भने । उनले त्यहि अनुसारको रोमान्टिक भाव दिने लोकेशन समेत प्रयोग गरेका छन् । गीतमा जोर्डन र स्मारिका बीचमा रहेको प्रेमलाई व्यक्त गरेको पाइन्छ ।

सार्वजनिक गीतलाई मिक्सिङ्ग र मास्टरीङ दीपले नै गरेका हुन् भने एरेञ्जर महाराज थापा हुन् । गीतको भिडियोमा काव्या थापाको मेकअप , कुशुम द बुटिकको ड्रेस , बुद्ध थापाको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement