सगरमाथा आरोहण गरेर फर्किएकी नायिका दीया भन्छिन् 'मेरो आँखामा हेर्नुस्, आनन्द पाउनुहुनेछ, तर अनुहार अब पहिलेकै अबस्थामा फर्काउछु' — OSNepal

सगरमाथा आरोहण गरेर फर्किएकी नायिका दीया भन्छिन् ‘मेरो आँखामा हेर्नुस्, आनन्द पाउनुहुनेछ, तर अनुहार अब पहिलेकै अबस्थामा फर्काउछु’

LC (KTM) June 23, 2022 0

काठमाडौं । अभिनेत्री दीया पुनले केही दि पहिले सर्वोच्च शिखर सगरमाथा आरोहण गररे फर्किएकी छन् । आरोहण  गर्दा उनको अनुहार बिग्रिएको छ । हिउँले अनुहार खाएपछि उनी फरक देखिएकी छन् । एउटी अभिनेत्रीको लागि आफ्नो अनुहार सौन्दर्यको ग्ल्यामर क्षेत्रमा अर्थ हुन्छ ।

अनुहारै बिगार्ने किसिमले हिमाल आरोहणको बोल्ड निर्णय लिएकी दियाले आखिर आरोहण गरेरै छाडिन् । नयाँ फिल्म ‘अन्तिम संस्कार’ मा अनुबन्धित भएकी दियालाई अनुहारै पुरानै लयामा पर्र्काउनु पर्नेछ फेसलाई पहिलेकै रुपमा फर्काउने प्रयास गर्ने दियाले बताएकी छन् । हिमाल चढेपछिको सेल्फी पोस्ट गर्दै दीयाले लेखेकी छन्, ‘निन्द्रा, पानी, आँधी र घाममा खुलेपछि आँखा राता भएका छन् । छाला राता र सुख्खा भएका छन् ।

क्याम्प-२ भन्दा माथि लागेपछि मैले आँखा र छालालाई जोगाउन भरपुर प्रयास गरें । मैले अन्तिमपटक कहिले नुहाएकी थिएँ, गन्नै बिर्सिएँ । यी सबै कठिनाइको बाबजुद पनि तपाईंले जब मेरो आँखामा हेर्नुहुन्छ, म हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुन्छ ।’

उनले निर्मल पूजाको आरोहण कम्पनी एलिट एक्सिपिडिसनमार्फत हिमाल चढेकी थिइन् । दीया सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री हुन् । गत जेठ १३ गते बिहान उनले ८,८४८।८६ मिटर उचाइको सगरमाथाको चुचुरो चुमिन् ।दिया अघि नायिका निशा अधिकारीले सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर