गाँजा खेती नियमन विधेयक अघि नबढाएकोप्रति एमाले सांसद तामाङको आपत्ति — OSNepal

गाँजा खेती नियमन विधेयक अघि नबढाएकोप्रति एमाले सांसद तामाङको आपत्ति

LC (KTM) June 23, 2022 0

काठमाडौं ९ असार । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेती नियमन छलफल नभएको भन्दै आपत्ती जनाएका छन् ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भएका सांसद तामाङले संसद सचिवालयमा दर्ता गरेको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयकमा छलफल नभएको भन्दै आपत्ती जनाएका हुन् ।

संसद नियमावली अनुसार विधेयक दर्ता भएको ४ दिनभित्र विधेयकको कपी सबै सांसदलाई दिनुपर्ने व्यवस्था भएको र ७ दिनपछि छलफलमा ल्याउनैपर्ने व्यवस्था भएपनि आफुले ल्याएको विधेयकको हकमा यो लागु नभएको भन्दै उनले आपत्ती जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर