बलिउडका यि निर्देशकको अवस्था चिन्ताजनक, आईसीयूमा भर्ना — OSNepal

बलिउडका यि निर्देशकको अवस्था चिन्ताजनक, आईसीयूमा भर्ना

LC (KTM) June 23, 2022 0

चलचित्र जगतमा लगातार केहि नराम्रो खबरहरु आइरहेका छन् । अहिले बंगाली फिल्मका दिग्गज निर्देशक तरुण मजुमदारको अवस्था नाजुक रहेको खबर आएको छ । ९२ वर्षीय फिल्म निर्देशक मजुमदारलाई गत शुक्रबार मिर्गौलामा समस्या देखिएपछि एसएसकेएम अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

अस्पतालका प्रवक्ताले उनको स्वास्थ्यमा पहिले सुधार हुँदै गएको र त्यसपछि सामान्य वार्डमा सारिएको बताए पनि सोमबार राति उनको स्वास्थ्य बिग्रिएपछि पुनः आईसीयूमा भर्ना गरिएको थियो । मजुमदार डा सौमात्री घोष र कार्डियोलोजिस्ट डा सोमनाथ कुण्डुको निगरानीमा छन् । मजुमदारको जन्म ब्रिटिश भारतमा भएको थियो। उनका पिता वीरेन्द्रनाथ मजुमदार स्वतन्त्रता सेनानी थिए।

केमेस्ट्रीका विद्यार्थी भए पनि युवा मजुमदारलाई फिल्म बनाउन मन लाग्थ्यो । उनले सचिन मुखर्जी र दिलीप मुखर्जीसँग मिलेर ‘जात्रिक’ नामक टोली बनाए र फिल्म निर्देशन गर्न थाले। तिनमूर्तिको पहिलो फिल्म ‘चावा पाव’ हो । नायक र नायिका उत्तम कुमार र सुचित्रा सेन थिए। ‘ग्लास प्याराडाइज’ ‘जात्रिक’को निर्देशनमा बनेको हो ।

फिल्मले राष्ट्रिय अवार्ड जितेको थियो ।तरूण मजुमदारका फिल्महरूको कुरा गर्दा उनले बालिका बधू ९१९६७०, कुहेली ९१९७१०, श्रीमान पृथ्वीराज ९१९७३०, फुलेश्वरी ९१९७४०, दादर कीर्ति ९१९८००, भालोबासा ९१९८५० र आपन अमर आपन ९१९९०० उत्कृष्ट फिल्म बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर