स्वतन्त्र उम्मेदवारले चुनाव जित्नु अपवाद मात्र हो : अध्यक्ष ओली – OSNepal

स्वतन्त्र उम्मेदवारले चुनाव जित्नु अपवाद मात्र हो : अध्यक्ष ओली

Kabita Ghimire (KTM) June 23, 2022 0

काठमाडौं ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारले चुनाव जित्नु अपवाद मात्र भएको बताएका छन् ।

बिहिबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनले स्वतन्त्र उम्मेदवारले चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो गतिशील दुनियाँ हो । यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ ।’ओलीले भने ।

नेपालमा एमाले र कांग्रेस दुईवटा राजनीतिक पार्टी मात्र रहेको दावी गरेका ओलीले उनीहरुले राम्रो काम नगरे अपवादको रुपमा नयाँ शक्तिले जन्म बताएका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने , ‘म यो पनि भन्दिन कि नेकपा एमाले घामजुन रहुन्जेल रहन्छ, नेपाली काँग्रेस घामजुन रहुन्जेल रहन्छ भन्ने होइन, ‘तर अहिलेको यथार्थ नेपालमा मुख्य रुपमा दुई वटा पोलिटिकल पार्टी छन्, एमाले र काँग्रेस । ‘

Leave a Reply

Your email address will not be published.

भर्खर