मुलुक एमालेकै नीतिमा हिँडेकाले एक्लै बहुमत आउने स्थिति रहेको छ : ओली — OSNepal

मुलुक एमालेकै नीतिमा हिँडेकाले एक्लै बहुमत आउने स्थिति रहेको छ : ओली

LC (KTM) June 23, 2022 0

काठमाडौं ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको चुनाव एक्लै जित्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् । बिहिबार आफ्नै निवास बालकोट पुगेका एमालेका राष्ट्रिय सभा सदस्यहरुसँगको छलफलमा यस्तो बताएका हुन् ।

आन्तरिक रुपमा पार्टी एकताबद्ध हुँदा एक्लै बहुमत ल्याइने बताएका ओलीले अहिलेसम्म पनि आफ्नो गठबन्धन सक्रिय भई प्रहार गरिरहेको बताएका छन् ।

मुलुक एमालेकै नीतिमा हिँडेकाले एक्लै बहुमत आउने स्थिति रहेको बताएका पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले ‘विकासको नीति, परराष्ट्र नीति सवैमा एमा ले सही भएको दावी समेत गरेका छन् ।

ओलीले वाम गठबन्धनको सम्भावना रहन सक्ने संकेत दिएको सहभागी एक नेताले बताएका छन् । ‘विगतमा पनि आकस्मिक निर्णय भएको थियो । भोलि पनि त्यो हुँदैन भन्न सकिन्न । तर अहिलेसम्म केही भएको छैन ‘ओलीको भनाई उद्दत गर्दै एक नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर