थाइल्याण्डमा बिदेशी फिल्म छायाँकनका लागि कर छुट, २० प्रतिशत अनुदान पनि दिने — OSNepal

थाइल्याण्डमा बिदेशी फिल्म छायाँकनका लागि कर छुट, २० प्रतिशत अनुदान पनि दिने

LC (KTM) June 23, 2022 0

बिश्वकै मनोरञ्जनको संगमस्थल मानिएको देश हो थाइल्याण्ड । यो देशमा रमाईलोे गर्न बिभिन्न देश बाट पर्यटकहरु आउने गर्दछन् । यहि हिसाबले पनि यो देशमा चलचित्रहरु छायाँकनको लागि पुग्ने गरेका छन् । अब त झन् बिदेशी फिल्मलाई थाइल्याण्ड सरकारले कर छुटको घोषणा समेत गरेको छ । यसको पुष्टिसरकारी प्रवक्ता रटचाडा थानादिरेकले गरेका छन् ।

उनले आफ्नो मुलुकलाई विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने जानकारी दिएकी छिन् । थाइ मन्त्रिपरिषदले मंगलबार यस्तो निर्णय गरे संगै चलचित्रकर्मीहरु उत्साहि बनेका छन् । सन् २०१७ देखि २०२० सम्म छायांकनको लागि आउने विदेशी फिल्मबाट हुने कमाइ ३।५ बिलियन डलरबाट बढेर सन् २०२१ मा ५ बिलियन डलर पुगेको समेत प्रवक्ताले जनाइन् ।

त्यस्तै थाइ सरकारले आफ्नो भुमीमा छायाँकन हुने फिल्मलाई उल्टो २० प्रतिशत अनुदान समेत दिने निर्णय गरेको छ । पाँच वर्षसम्म कर छुट दिने सरकारको निर्णयबाट १७।५ बिलियन भाट आम्दानी हुने अपेक्षा थाइ सरकारको रहेको छ । तर सरकारले ७१।७५ मिलियन भाट चाहिं राजस्व गुमाउने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर