रविको अभियानलाई सफल पार्न भन्दै सिधा कुराका निर्माता दीपकले पनि दिए ग्यालेक्सी टिभीबाट राजीनामा, लेखे यस्तो मनछुने स्टाटस – OSNepal

रविको अभियानलाई सफल पार्न भन्दै सिधा कुराका निर्माता दीपकले पनि दिए ग्यालेक्सी टिभीबाट राजीनामा, लेखे यस्तो मनछुने स्टाटस

Osnepal Admin (KTM) June 23, 2022 0

काठमाडौँ । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरे लगत्तै उनको अभियानमा लाग्नेहरुको संख्या बढ्दो छ । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरे लगत्तै उनको सर्मथनमा हजारौँ युवाहरु सडकमा देखिएका थिए ।

यसैबिच रविका सहयात्री दीपक बोहोराले पनि टेलिभिजन औपचारिक रुपमा नै छाडेर रविकै अभियानमा लागि परेको जनाएका छन् । बिहिबार सामाजिक संजालमा एक स्टाटस लेख्दै कार्यक्र निर्माता समेत रहेका बोहोराले भने आजबाट ग्यालेक्सी टेलिभिजनसँगको आवद्धता औपचारिक रुपमा टुंगिएको छ ।

यो टेलिभिजन बनाउँदा एक एक जना सदस्यलाई जोडेको, आफैँले बनाएको टिम छोडेर जानु मेरा लागि सहज थिएन । तर रवि दाईले लिएको लक्ष्य पुरा गर्न हामी सबै सँगै हुन जरुरी छ । सहकार्य सहयोग र सद्भावका सबैलाई धेरै–धेरै धन्यवाद । मिस यु टिम

यो पनि : यी हुन रवि लामिछानेको पार्टीका सात व्यवस्था : राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।

आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।
लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।

१. प्राइमेरी निर्वाचन हुने
२. युवालाई ५० प्रतिशत एकको व्यवस्था
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६. परिवारवादलाई पूर्ण रूपमा निषेध
७. भ्रातृसंगठन र कार्यकर्तारहित

Leave a Reply

Your email address will not be published.

भर्खर