मुस्ताङमा छायाँकनका बेला कार घेराउ गरेपछि बलिउड अभिनेता डेनी रिसाए, अमिताभ बच्चनले हात समाउँदै यसरी संझाए — OSNepal

मुस्ताङमा छायाँकनका बेला कार घेराउ गरेपछि बलिउड अभिनेता डेनी रिसाए, अमिताभ बच्चनले हात समाउँदै यसरी संझाए

LC (KTM) June 23, 2022 0

बलिउडमा नेपाली मुलका कलाकारहरुको स्थान राम्रै रहेको छ । बर्षाै देखी बलिउडमा नेपाली कलाकारले आफ्नो सीप र श्रम खर्चिरहेका छन् । यस्तै अभिनेता मध्ये बलिउडका चर्चित अनुहार डेनी डेन्जोक्पा हुन् । उनले नेपाली फिल्म खेलेनन् मात्र नेपाली गीत समेत गाएका छन् । बलिउडमा त झन् उनको एकदमै राम्रो छाप र प्रभाव रहेको छ ।

उनै अभिनेता डेनी डेन्जोङ्पाले नेपालको मुस्ताङमा छायांकन भएको आफ्नो फिल्म ‘खुदा गवाह’अबिष्मरणीय क्षण संझिएका छन् । त्यतिबेला उक्त फिल्मको छायाँकन भईरहेको थियो । जब सुटिङ सेटमा सयौं जनाले आफू र अमिताभ बच्चन चढेको कारलाई घेराउ गरेको क्षण उनले पुनः एक पटक स्मरण गरेका हुन् ।बलिउड म्यागजिन फिल्म फेयरसँगको एक अन्तर्वार्तामा डेनीले उक्त क्षणका बारेमा बताएका हुन् ।

त्यतिबेला आफुहरुको कार घेराउ गर्दा आफू लाई निक्कै रिस उठेको तर अमिताभ बच्चनले आफ्नो हात समात्दै शान्त रहन आग्रह गरेको सम्झिए । डेनीले भने, ‘हामी नेपालको दुर्गम ठाउँ मुस्ताङमा फिल्म सुटिङ गरिरहेका थियौं । त्यतिबेला सयौं मानिसले हाम्रो कार घेराउ गरेका थिए । त्यतिबेला कार हल्लिरहेको थियो । म आक्रोशित बनें ।

कारभित्र एसी नहुँदा पनि अमिताभजी पगडी र बाक्लो दारीसहित हुनुहुन्थ्यो । उहाँले मेरो हात समात्दै भन्नुभयो, आरामपूर्वक बस्नुस्, त्यो गर्मीलाई सहनुस्, यदि तपाईं बाहिर जानुभयो भने तपाईंको गेटअपबारे सबैलाई थाहा हुन्छ । मुकुल आनन्द निर्देशित फिल्ममा अमिताभ, डेनी, श्रीदेवी, नागार्जुन, शिल्पा शिरोडकर र किरण कुमारको मुख्य भूमिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर