आखिर किन सुटुक्क नेपाल आएर फर्किए बलिउड अभिनेता अनुपम खेर , यस्तो रहेछ रहस्य — OSNepal

आखिर किन सुटुक्क नेपाल आएर फर्किए बलिउड अभिनेता अनुपम खेर , यस्तो रहेछ रहस्य

LC (KTM) June 23, 2022 0

बलिउड अभिनेता अनुपम खेर फेरी सुटुक्क नेपाल आएर फर्किएका छन् । उनी कुनै हल्ला खल्ला बिना नै नेपाल आएर फर्किएका हुन् । नेपाल संग एकदमै नजिक रहेका अनुपम बेला बेला नेपाल आईरहने गर्छन् । उनी केही समय अगाडी उचाई नामक फिल्म छायाँकनको लागि नेपाल आएका थिए । उनी संगै नायिका परिणिती चोपडा लगायतको टोली नेपाल आएको थियो ।

त्यतिबेला काठमाण्डौ सहित हिमाली जिल्लाहरुमा फिल्मको छायाँकन गरिएको थियो । तर यसपाली भने अनुपम बेग्लै कामका लागि नेपाल आएका हुन् । उनी यसपटक नेपाल कलाकारको रुपमा नभई एक मोटिभेसनल कार्यक्रमको वक्ता बनेर आएका हुन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान सम्बन्धि प्रवचन दिएर गएका छन् ।

उनी बुधबार काठमाडौं आइपुगेका थिए । उनलाई एक बिमा कम्पनीले बक्ताको रुपमा एकदिन नेपाल ल्याएको थियो । एक दिनको बसाई संगै उनी बिहीबार बेलुका भारत फर्किएका छन् । उनले बिहीबार बिहान बिश्व सम्पदा सुचीमा रहेको पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । मा पुगेर खेरले पूजाआजा गरे । पशुपतिमा जाँदा आफूलाई ईश्वरीय आनन्द सहितको ऊर्जा प्राप्त हुने भन्दै उनले खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर