रुसको हतियार र सेना सकिएपछि रुस युक्रेनबीचको युद्ध समाप्त हुने बेलायती प्रधानमन्त्रीको दाबी — OSNepal

रुसको हतियार र सेना सकिएपछि रुस युक्रेनबीचको युद्ध समाप्त हुने बेलायती प्रधानमन्त्रीको दाबी

LC (KTM) June 23, 2022 0

रुस र युक्रेनबीचको युद्ध जारी रहेको छ । युक्रेन माथिको सैन्य कारबाही रुसले जारी राखेको बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चाँडै नै युद्ध रोकिने संकेत गरेका छन् । उनले रुसी सेना र हतियार सकिएपछि रुसको युक्रेनमा अघि बढ्ने गति रोकिने बताएका हुन् । उनले युरोपेली सञ्चारमाध्यमसँग कुरा गर्दै बेलायती गुप्तचर निकायले पनि यस्तै भविष्यवाणी गरेको बताए ।

उनले आफुहरु युक्रेनलाई सहयोग गर्न तयार रहेको समेत बताए । जोन्सनले आफूले औद्योगिक राष्ट्रहरूको समूह जी ७ लाई रुसी फौजसँग प्रतिकार गर्नका लागि युक्रेनलाई विभिन्न उपकरण दिएर थप सहयोग गर्न अनुरोध गर्न चाहेको पनि बताएका हुन् । उनले भनेका छन् “मेरो विचारमा पूर्वी युक्रेनको दोन्बास क्षेत्रमा भूमि कब्जा गर्ने सिलसिलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाले थुप्रै योद्धा र हातहतियार गुमाइरहेका छन् । हाम्रो रक्षा गुप्तचर निकायका अनुसार केही महिनापछि नै रुससँग युद्ध जारी राख्न आवश्यक सबै श्रोत र साधनहरू सकिने छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर