नेपालमा कोरोनाको चौथो लहरको संकेत — OSNepal

नेपालमा कोरोनाको चौथो लहरको संकेत

LC (KTM) June 23, 2022 0

पछिल्लो समययता नेपालमा कोरोना संक्रमण न्युन भईरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चौथो लहरको संकेत गरेको छ । कोभिड–१९ संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता संक्रमितको संख्या बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालयको भनाई छ । यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा नेपालमा संक्रमणको जोखिम उच्च रहेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । त्यसैले नेपालमा पनि यसको प्रभाव बढ्दो अवस्थामा रहेको भन्दै मन्त्रालयले सचेत रहन तर्फ संकेत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर