म्यान्मारकी प्रजातन्त्रवादी नेतृलाई एकान्तवासमा सारियो – OSNepal

म्यान्मारकी प्रजातन्त्रवादी नेतृलाई एकान्तवासमा सारियो

Loknath Rijal (Jhapa) June 23, 2022 0

म्यान्मारका अपदस्थ प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई एकान्तबासमा लगिएको छ । सैनिक सरकार जुन्टाले नजरबन्दबाट हटाएर राजधानी नेपिटस्थित एउटा कारगारको एकान्तवासमा सारेको हो । सेनाले २०२१ को फेब्रुअरीमा जननिर्वाचित सरकार अपदस्थ गरेपछि ७७ वर्षीया शान्तिका लागि नोबेल पुरस्कार विजेता सुकीलाई गिरफ्तार गरिएको थियो ।

विगत एक वर्षदेखि उनलाई राजधानीकै एक अज्ञात स्थलमा थुनेर नजरबन्दमा राखिएको थियो । सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै सेनाले विद्रोह गरेर सत्ता कब्जा गरेको थियो ।सुकीलाई यसअघि नै अदालतले एघार वर्ष लामो कारावास सजाय सुनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर