यी हुन् अत्याधिक कमाई गर्ने बिश्वका शीर्ष ३ युटुबर — OSNepal

यी हुन् अत्याधिक कमाई गर्ने बिश्वका शीर्ष ३ युटुबर

LC (KTM) June 23, 2022 0

सामाजिक सञ्जाल मनोरञ्जनका साथै कमाईको माध्यम बनेको छ । विश्वभर सामाजिक सञ्जाल मार्फत मनग्य आम्दानी गर्ने मानिसहरु धेरै छन् । आज हामी तपाईंलाई युटुब मार्फत करोडौं र अर्बौं रुपैयाँ कमाउने व्यक्तिहरूको बारेमा बताउनेछौं। संसारका शीर्ष युटुबर को हुन् जानौं । फोर्ब्सको रिपोर्टका अनुसार २३ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन युट्युबबाट कमाइको मामिलामा शीर्ष स्थानमा छन् ।

जिम्मी युट्युबको संसारमा मिस्टर बिस्ट भनेर चिनिन्छन्। उनले सन् २०२१ मा ४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । युट्युबमा उनका ९२ करोडभन्दा बढी सब्सक्राइबर छन् । जिमीका सबै भिडियोहरू मिलाएर हेर्दा जम्मा १५ अर्बभन्दा बढी भ्युज भएका छन् । जिमी डोनाल्डसन आफ्नो च्यानलमा आश्चर्यजनक स्टन्ट भिडियोहरू पोस्ट गर्नका लागि परिचित छन्।

युट्युबबाट कमाइको हिसाबले दोस्रो नम्बरमा अमेरिकाका जेक जोसेफ पल छन् । २५ वर्षीय पल एक पेशेवर बक्सर हुन्। युट्युबमा उनका २० करोडभन्दा बढी सब्सक्राइबर छन् । अमेरिकामा बसोबास गर्ने ३२ वर्षीय मार्क एडवर्ड फिस्बाक युट्युबबाट कमाइको हिसाबले तेस्रो नम्बरमा छन् । उनको युट्युबमा ३२ मिलियन भन्दा बढी सब्सक्राइबर छन् र उनी युट्युबमा मार्किपलियर भनेर चिनिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर