काठमाडौँबाट सुर्खेतका लागि छुटेको बस कपिलवस्तुको वनकट्टीमा दुर्घटना — OSNepal

काठमाडौँबाट सुर्खेतका लागि छुटेको बस कपिलवस्तुको वनकट्टीमा दुर्घटना

LC (KTM) June 25, 2022 0

कपिलवस्तु, ११ असार ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना । काठमाडौँबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएका छन् ।

बिहान करिब ६ बजेको समयमा ना८ख १३६ नम्बरको बस सडक छेउमा पल्टीएको हो । ४३ जना सवार उक्त बस तीव्रगतिका कारण आफँै अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ । तस्बिर ः सनिउल्ला धोबी ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर