तँ दलितको छोरी,छोराछोरी खोलामा फाल्दे भनेर विवाह भाको १० बर्ष पछी श्रीमान फरार श्रीमतीको रुवाबासी (भिडियो) — OSNepal

तँ दलितको छोरी,छोराछोरी खोलामा फाल्दे भनेर विवाह भाको १० बर्ष पछी श्रीमान फरार श्रीमतीको रुवाबासी (भिडियो)

LC (KTM) June 17, 2021 0

कुमारी विकले चम्पासिंह तामाङसंग १० वर्ष अघि विवाह गरेका थिए । उनका दुई सन्तान छन् । तर अहिले श्रीमानले तँ दलितको छोरी रैछस् अब म तँलाई राख्न सक्दिन भनेर उनका श्रीमान सम्पर्क विहिन छन् । श्रीमानलाई उहाँको दिदीले त्यो दलितको छोरी रैछ त्यसलाई छोड अर्को अर्को विवाह गर भनेर भन्ने गरेको बताइन् । गर्भवती भएको बेलामा उनलाई श्रीमानले काठमाडौमा ल्याए । उनले काठमाडौमै राखे ।

त्यसको केही समय सम्म उनले राम्रै गर्थे तर केही महिना देखि उनलाई श्रीमानले भने मलाई दिदीले बस्न दिनु भएन म अब अर्को विवाह गर्छु भनेर भनेको कुमारीको भनाई छ । विवाह गरेको १० वर्ष पछि श्रीमानले दलित भनेर विचल्ली पारेपछि अहिले उनी दुई सन्तानका साथमा माइतीको संरक्षणमा छन् । दुई छोरी छन्, अब कसरी जिवन चलाउने ? उनले भनिन् छोरीहरु हेर्नुपर्छ भन्दा तँ जे सुकै गर । ति दलितका छोरी हुन् । मलाई केही मतलब छैन । त्रिशुली पुलमा लगेर फा लि दे भन्छन् ।

उनले आफुलाई हेर्न पर्दैन छोरीहरु मात्र हेर्नुस् भन्दा उनले त्यस्तो भनेको बताइन् । आफु विदेशवाट आएकै बेला चम्पासिंहसंग भेट भएको बताइन् । उनले आफु दलित हो भन्दा पनि सुरुमा मलाई केही फरक पर्दैन म विवाह गर्छु भनेर विवाह गरेको बताइन् । आफ्नो श्रीमान दिदीसंग निकै डराउने गरेको पनि बताएकी छन् दिदीकै कारण श्रीमानले आफुलाई छोडेको महिलाले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर