लोकप्रिय साहित्यकार सर्वज्ञ वाग्लेले गरे अनेसासको वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने घोषणा — OSNepal

लोकप्रिय साहित्यकार सर्वज्ञ वाग्लेले गरे अनेसासको वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने घोषणा

LC (KTM) June 26, 2022 0

काठमाडौँ :

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान महासचिव सर्वज्ञ वाग्लेले वरिष्ठ उपाध्यक्षका लागि उमेद्वारी घोषणा गरेका छन् ।एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर, एनआरएनए आईसीसीको भाषा साहित्यमा चार वर्षको कार्यकाल, एनआरएनए अमेरिकाको उपाध्यक्ष, एनआरएनए अमेरिकाको भाषा साहित्यको संरक्षक तथा हाल अनेसासको महासचिवलगायत संगठनमा रहेर लामो संगठनात्मक अनुभव बटुलिसकेका वाग्लेले अनेसासको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।

“अनेसास देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीभाषीहरूको साझा मञ्च हो । यो संस्थाले तीसौँ वसन्त पार गरिसके पनि अझै धेरै साहित्यकारहरूलाई एकीकृत गर्न सकेको छैन ।”

वाग्लेले साहित्यपोस्टसँग भने, “मैले दुई वर्ष महासचिव भएर काम गर्दा पूर्वकेन्द्रीय समिति, ट्रष्टिज, केन्द्रीय कार्य समिति एवं च्याप्टरलाई मात्र नभई आजीवन सदस्य, साहित्यकारज्यूहरूलाई अनेसासको अभियानमा जोड्ने सार्थक प्रयत्न निरन्तर गरिरहेँ । अब वरिष्ठ उपाध्यक्ष बनेर संस्था तथा नेपाली भाषा साहित्यलाई थप उचाईमा पुर्याउने भूमिका निर्वाह गर्न चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर