पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट — OSNepal

पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

LC (KTM) June 27, 2022 0

डोटी, १३ असार -सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड भ्रमणमा आउने पर्यटकको सहजताका लागि बिचपानीसम्म सडक सञ्जाल जोडिने बताउनुभएको छ ।आज सिलगढी, झिग्राना, पर्यटकीय सडकखण्डको अनुगमन तथा निरीक्षण गरेर दिपायल पुग्नुभएका मुख्यमन्त्री भट्टले अब चाँडै नै बिचपानीसम्म सडक सुविधा पु¥याइने बताउनुभयो । उहाँले भन्नुभयो, “झिग्रानासम्म सडक कालोपत्र सम्पन्न भएको छ, खप्तड आउने पर्यटकको सहजताका लागि भए पनि अब बिचपानीसम्म यसै वर्ष सडक पु¥याउछौँ ।”

बिचपानीसम्म पु¥याउन सके खप्तड क्षेत्रको विकास तथा पर्यटकहरुलाई पनि थप सहज हुने भएकाले अबको प्रदेशको पहिलो प्राथमिकता भनेको बिचपानीसम्म सडक पु¥याउने रहेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो ।

यसैगरी मुख्यमन्त्री भट्टले सुदूरपश्चिमकै प्रसिद्ध पर्यटकीयस्थल खप्तडको मात्रै विकास तथा विस्तार गर्न सके यहाँको विकासमा कायापलट हुने भएकाले खप्तडसँग जोडिएका अछाम, बझाङ तथा बाजुरा जिल्लाबाट पनि खप्तड आउने सडकहरु थप निर्माण तथा बिस्तार गरिने बताउनुभयो ।

खप्तड क्षेत्रको विकास तथा विस्तारका लागि यो वर्ष पनि प्रदेश सरकारले करोडौँ रकम विनियोजन गराएकाले अब यहाँ विकासले तीव्र गति लिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी कुराभन्दा पनि काममा बढी विश्वास गर्छौँ, खप्तडको विकासका लागि करोडाँै रकम विनियोजन भएको छ, विकासले चाँडै गति लिनेछ ।”
सिलगढी, झिग्राना सडक कालोपत्र भएसँगै अहिले बगलेकमा घुम्न तथा रमाउने अन्तरिक पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयवासी रघुनाथ जोशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर