नेपाली राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमणमा जाँदै — OSNepal

नेपाली राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमणमा जाँदै

LC (KTM) June 29, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यान र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको हो । क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टिमलाई हरेक वर्ष १० दिनको अष्ट्रेलिया भ्रमण गराईने छ । क्यानका जनरल म्यानेजर वृतान्त खनालले नेपाली टोलीको अष्ट्रेलिया भ्रमणको तयारी भईरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

नेपाली टिमले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर