अचानक बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु, नौ घाइते — OSNepal

अचानक बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु, नौ घाइते

LC (KTM) June 30, 2022 0

अबुजा – नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी कोर्प्स (एफआरएससी) का कमाण्डर अहमद उमरले बताएअनुसार राजमार्गको ओगुन करिडोरको छेउमा रहेको ओगेरेमा आगलागी हुँदा सो दुर्घटना भएको हो । मृतक पाँच जनामा कोही जलेका छन् भने घाइतेहरू मध्ये केहीमा विभिन्न चोटपटक लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर