वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध — OSNepal

वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

LC (KTM) June 17, 2021 0

अमरगढी,३ असार – अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । यहाँका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्ये तथा भासिदै गएपछि गाडी चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराको, बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोराल खोला–रेल र पोखरा–बेलापुर सडकमा यातायातका साधन चल्ने अवस्था छैन ।

अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्र्तरगत अमरगढी–७ पोखरा तिलाडी कृषि सडक अमरगढी–११ डोला बडाल सडक खाल्टा–खुल्टी र हिलाम्ये भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक भासिएको छ । गन्यापधुरा–२ को कोर गाउँ जोड्ने जिरोपोइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको छ ।

जता–तेतै भीरालो ठाउँमा सडक खन्नाले सडकको स्तरोउन्नती नहुँदा समस्या आएको नवदुर्गा गाउँपालिका–४ का स्थानीय गणेश कैनीले गुनासो गर्नुभयो । सडक अवरुद्ध हुँदा दैनिक जीवनमा समस्या परेको छ । ग्रामीण सडक अवरुद्ध हुँदा सदरमुका आउन समस्या भएको उहाँले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर