राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश — OSNepal

राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

LC (KTM) June 30, 2022 0

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेको छ । दोस्रो वरियताका नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६ र ६-३ को सेटमा जित निकाले ।

३६ वर्षीय नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो ।कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेकले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।इगाले नेदरल्यान्ड्सकी लेस्ली पट्टिनामा केरखोवलाई ६-४, ४-६ र ६-३ ले पराजित गरिन् ।

यस्तै रोमानियाकी सिमोना हालेपले समेत तेस्रो चरणमा स्थान बनाएकी छिन् । सिमोनाले बेल्जियमकी किर्स्टेन फ्लिपकेन्सलाई ७-५ र ६-४ ले हराईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर