भगवानको उपचारका क्रममा पोर्चुगलमा निधन, जसले लामो समयदेखि काम गर्दै आएका थिए — OSNepal

भगवानको उपचारका क्रममा पोर्चुगलमा निधन, जसले लामो समयदेखि काम गर्दै आएका थिए

LC (KTM) June 17, 2021 0

काठमाडौँ । पोर्चुगलमा एक नेपालीको निधन भएको छ । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका म्याग्दीका ५३ वर्षीय भगवान मल्लको उपचारका क्रममा लिस्बनस्थित शान्ता मारिया अस्पतालमा निधन भएको हो ।

उनको गत सोमबार निधन भएको उनका नजिकका मित्र भीम केसी कमलले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । भीमले फेसबुकमा उनको निधनको पुष्टी गर्दै समवेदना प्रकट गरेका छन् ।

भीमले लेखेका स्टाटु पढ्नुहोस् जस्ताको त्यस्तै ‘ स्थायी घर म्यादी भई वैदेशिक रोजगारको सिलसिलामा ६ वर्ष अगाडि पोर्चुगल आउनुभएका ५३ वर्षीय भगवान मल्लको पोर्चुगल, लिस्बनस्थित शान्ता मारिया अस्पतालमा उपचाररत रहेकै अवस्थामा यही जुन १४, २०२१ सोमबारका दिन भएको असामयिक दुस्खद निधनको खबरले अत्यन्तै दुखित एवं मर्माहित भएको छु। असीम वेदना र पीडाको यस घडीमा स्वर्गीय मल्लको दिवंगत आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धान्जलि ब्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारजनहरु प्रति गहिरो समबेदना प्रकट गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर