भारतलाई विजुली बेचेर नेपाल विद्युत प्राधिकरणले कमायो एक महिनामा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ — OSNepal

भारतलाई विजुली बेचेर नेपाल विद्युत प्राधिकरणले कमायो एक महिनामा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ

LC (KTM) July 01, 2022 0

काठमाडौं १७ असार । नेपाल विद्युत प्राधिकरणले गएको एक महिनामा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० मार्केटमा प्रतिस्पर्धी दरमा प्राधिकरणले बिक्री गरेको हो ।

गत जेठ १९ बाट आइएक्समा बिक्री सुरु गरेको प्राधिकरणले सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरेको
थियो भने जेठ २७ पछि दैनिक रुपमा ३६४ मेगावाट विद्युत बिक्रीह गर्दै आएको थियो ।

नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारी रुपमा अगाडि बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन् ।

कार्यकारी निर्देशक घिसिङले भने,’विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं। यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमासमेत योगदान पुग्ने छ ।’

प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिश्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर