बाबु बन्दै प्रशान्त तामाङ भने 'प्रेमको पर्खाइमा छु' — OSNepal

बाबु बन्दै प्रशान्त तामाङ भने ‘प्रेमको पर्खाइमा छु’

LC (KTM) July 01, 2022 0

काठमाडौं । इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ छिट्टै नै पीता बन्दैछन् । पत्नी मार्था एली गर्भवती भएको खबर सुनाउँदै प्रशान्तले ‘अर्को सुरुवात’ भएको बताएका छन् ।
आफ्ना प्रशंसकलाई यो खबर सरप्राइज भएको उल्लेख गर्दै उनले आफु पिता बन्न लागेको खबर ले निकै नै उत्साहित भएको बताएका छन् ।

प्रशान्तकी पत्नी मार्था पेशाले एयर होस्टेस पनि हुन् । प्रशान्त अहिले भारतमै छन् र उनी चाँडै नयाँ फिल्मको लागि नेपाल आउने तयारीमा पनि छन् । उनले लेखका छन् ‘म उत्साहित छु । यो अर्को सुरुवात हो । म प्रेमको पर्खाइमा छु,’ प्रशान्त लेख्छन् । प्रशान्तकी पत्नी मार्था पेशाले एयर होस्टेस पनि हुन् ।प्रशान्त अभिनित फिल्म फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर