रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग — OSNepal

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग

LC (KTM) July 01, 2022 0

काठमाडौं, १७ असार :

निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भइनसकेको जनाएको छ ।

केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । तर, शुक्रबार अपरान्ह ४ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्र्यालले जानकारी दिए ।

‘अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने आयोगले निर्णय गरेको छैन,’ सहायक प्रवक्ता अर्यालले न्युज कारखानासँग भने । आयोगले सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने नगर्ने विषयमा आयोगले निर्णय गर्ने उनको भनाइ ।

बाहिर सार्वजनिक भएजस्तो आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको जानकारी दिएका उनले आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको मान्यता दिने संकेत भने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर