क्यानडामा मङ्की पोक्सका २७८ बिरामी फेला — OSNepal

क्यानडामा मङ्की पोक्सका २७८ बिरामी फेला

LC (KTM) July 01, 2022 0

ओटावा [क्यानडा], १७ असार,-क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पोक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् ।ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पोक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने बताइएको छ ।

उनले भनिन्- जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन् । यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर