स्थानीय निर्वाचन पछि पहिलो पटक एमालेले बोलायो सचिवालय बैठक — OSNepal

स्थानीय निर्वाचन पछि पहिलो पटक एमालेले बोलायो सचिवालय बैठक

LC (KTM) July 01, 2022 0

काठमाडौं १७ असार । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे बस्ने भएको छ ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

एमालेले स्थानीय तह निर्वाचन पछि पहिलो पटक सचिवालय बैठक बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर