शेखर समुहको निष्कर्ष : देउवा नेतृत्वको सरकार असफल — OSNepal

शेखर समुहको निष्कर्ष : देउवा नेतृत्वको सरकार असफल

LC (KTM) July 01, 2022 0

काठमाडौं १७ असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन् । शेखर समुहको बिहिबार र शुक्रबार बसेको बैठकले देउवा नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको हो ।

जनतालाई राहत दिन, महंगी नियन्त्रण गर्न, खेतीपातीको समयमा किसानलाई रासायनिक मल दिन देउवा नेतृत्वको सरकार असफल भएको आरोप लगाएको शेखर समुहले बजेट निर्माणमा नीतिगत भ्रष्टाचार समेत भएको निष्कर्ष निकालेको छ ।

यसैगरी सरकारले परराष्ट्र मामिलाको सञ्चालन सही ढंगले गर्न सक्दा नेपाल कूटनीतिक समुदायसामु कमजोर भएको कोइराला समूहको निस्कर्ष निकालेको छ ।

साथैबैठकले महाधिवेशनमा आफ्नो समूहले पाएको ४९ प्रतिशत मतको सम्मान गर्दै सोहीअनुसार नेता कार्यकर्तालाई जिम्मेवारी दिन पनि माग गरेको छ ।

बैठकले महाधिवेशनमा आफ्नो समूहले पाएको ४९ प्रतिशत मतको सम्मान गर्दै सोहीअनुसार नेता कार्यकर्तालाई जिम्मेवारी दिन पनि माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर