राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवक्तामा डा.मुकुल ढकालसहितको २१ केन्द्रीय समिति बन्यो (सूचीसहित) — OSNepal

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवक्तामा डा.मुकुल ढकालसहितको २१ केन्द्रीय समिति बन्यो (सूचीसहित)

LC (KTM) July 01, 2022 0

काठमाडौं १७ असार । रवि लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै पार्टीले २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको छ ।

पार्टीको चुनाव चिह्न गोलाकारभित्र घण्टी पाएको छ । पार्टीको सभापतिमा रवि लामिछाने र प्रवक्तामा डा। मुकुल ढकाल चयन भएका छन् । पार्टीले आज शुक्रबार एक विज्ञप्ती नै निकालेर २१ सदस्यीय केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको छ ।

प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ , ‘आज मिति २०७९ असार १७ गते राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न गोलाकारभित्र घण्टी रहेको छ’ ।

पार्टीको केन्द्रिय सदस्यमा डोल प्रसाद अर्याल कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, वसुमाया तामाङ्ग, उपेन्द्र पाण्डे, इथा मुल्ला मिया, गणेश पराजुली, सोविता गौतम, कुसुम महर्जन, विष्णुकुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा। प्रभात अधिकारी, गीता रेग्मी, डा। राकेश यादव, प्रमिला कुलुजु, रविना घिमिरे र एलिजा गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर