टेलिशृखला परदेशी हजुरको पहिलो भागको चर्चा, भिडियो १ सातामा करिब १ लाख बढीले हेरे – OSNepal

टेलिशृखला परदेशी हजुरको पहिलो भागको चर्चा, भिडियो १ सातामा करिब १ लाख बढीले हेरे

Osnepal Admin (KTM) July 01, 2022 0

काठमाडौं । टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग दर्शकहरुले रुचाएका छन् । बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौँ युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यतालाई नजिकबाट केलाइएको टेलिशृंखला ‘परदेशी हजुर’ रिलिज गरिएको एक सातामा नै १ लाख बढीले हेरिसकेका छन् ।

टेलिश्रृृंखलामा बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । राजु गिरीको निर्देशनमा तयार भएको टेलिश्रृंखला ५२ भागसम्म प्रसारण्मा आउने निर्माता सुभाष पुरीले जानकारी दिए । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ ।

टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजनबाट साढे ८ बजे र परदेशी हजुर नामक युट्युबबाट साढे ६ बजे प्रसारणमा हुनेछ । सार्वजनिक टेलिश्रृंखलाको गीत समीक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द सृजना राजु बस्नेतको छन् । सुमन केसीको एरेन्ज रहेको गीतको संगीत संयोजन चन्द्र चौधरीको रहेको छ भने गीतमा संगीत नवीन कार्कीको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर