• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

ज्ञानेन्द्र शाहीहरुका समाजसेवाले सिङ्गो देश परिवर्तन हुँदैन

ज्ञानेन्द्र शाहीहरुका समाजसेवाले सिङ्गो देश परिवर्तन हुँदैन


  • ओएसनेपाल
  • असार ३ २०७८, बिहिबार
  • ३:४४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 54.8K
    SHARES

    महेन्द्र कुंवर / अर्घाखाँची सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समुहमाथि भौतिक आ क्रमण भएछ । जोसुकै माथि भौतिक आ क्रमण सभ्य समाजका लागि अपाच्य कुरा हो ।लोकतन्त्र हो, वैचारिक आक्रमण गर, तर भौतिक क्षतिको  धाकध म्की रहित ढंगले हैन ।यो एउटालाई लुटेर वा त्यो संग मागेर अर्कोलाई सहयोग गर्ने र आफूलाई खुंखार समाजसेवी सावित गर्ने चलनको म पनि विरोध गर्छु । हाम्रै सितगंगा नगरपालिकाका एक जना समाजसेवीले फ्रि भिजा फ्रि टिकट भएको देशमा मजदुरी गर्न पठाएवापत रू १ लाख ३० र ३५ हजार लिएछन् । उनैले जोख्ले गैह्रा पहिरो पिडितलाई सहयोग पनि गरेका थिए र वाहै वाहै कमाउदै थिए ।
    यस्ता समाजसेवी देशमा व्यापक छन् । ज्ञानेन्द्र शाहीमा पनि समाजसेवाको नाममा अहमता बढी छ । आफूलाई शाही ठकुरीको सन्तान भन्दै अहमतापूर्ण फोन सम्वादको अडियो पनि आएको थियो ।यो देशमा जतिपनि आफूलाई समाजसेवी भन्नेहरू छन् ति सबैलाई मेरो आग्रह के हो भने, तिमीहरूका ति देखावटी समाजसेवाले सिङ्गो देश परिवर्तन हुँदैन । सिङ्गो देश परिवर्तन गर्नु छ भने राजनीतिमा अनुहार देखाउ । आफूलाई कित्ताकाट गर, कुन खेमामा छु भनेर वादविवाद र बहशले मात्र देश परिवर्तन हुँदैन, त्यसको साथसाथमा निर्णायक भूमिकामा पनि आउनुपर्छ ।रवि लामिछानेलाई यो देशका धेरै मानिसले चिन्छन् र समर्थन गर्छन् । सञ्चार माध्यमद्वारा उनले आफ्नो भिजन, मिशन, विचार व्यक्त गरिसकेका छन् र केहि हदसम्म कामले पनि आफ्नो भिजन मिशनलाई प्रमाणित गरिसकेका छन् । यदि उनले यो देशको कायापलट गर्न चाहान्छन् भने त्यो कुराको अठोट सहित राजनीतिमा होमिनुपर्छ ।

    त्यस्तै ज्ञानेन्द्र शाही पनि आफूलाई ठकुरी वंशको नश्लीय चिन्तन भन्दा माथि उठेर यो आडम्बरीपूर्ण समाजसेवा त्यागेर वास्तविक समाज सेवाका लागि आफ्नो उर्जा राजनीतिमा पनि खर्च गर्नु पर्छ । हैन भने माग्ने, समाजसेवा गर्ने, वाहै वाहै कमाउने र देश सधै मागेरै खानेकै दर्जामा राख्ने बाहेक हुँदैन ।यो विषयमा मलाई ईपिएस टपिकको किताबमा दक्षिण कोरियाको बारेमा लेखिएको एउटा वाक्यले सधै झकझक्याउँछ ।

    उनीहरूले पनि कुनै दिन देश मागेरै चलाएका थिए, तर सधैभरी मागेर बसेनन्, मागेको स्रोतसाधनले समग्र विकासतिर लगानी बढाए, आत्मनिर्भर बन्नतिर लागे । यहाँजस्तो सस्तो लोकप्रियताका लागि आडम्बरी व्यवहार देखाएनन् । जर्मनमा सयौँ मिटर जमिनमुनि ज्यानकै बाजी थापेर कठोर परिश्रमको रगत पसिनाले बनेको देश हो कोरिया ।

    अहिले नेपालीहरूले पनि विदेशमा गएर त्यसै गरी कमाएका छन्, सरकारले त्यसको मूल्य आफ्ना सेवा सुविधा र भ्रष्टाचारमा देखाएको छ भने केहि समाजसेवीहरूको केबल धन्दा बनेको छ ।तमाम समाजसेवीहरू, यो देशलाई दान लिनेबाट दान दिने बनाउने हो भने त्यो तिम्रो आडम्बरी समाजसेवा त्यागेर विदेशबाट आउने रेमिट्यान्सलाई यो देशको उत्पादनमा लगाउनी बढाउने दुरदृष्टिका साथ राजनीतिमा लाग । एक दशकमै देशले कायापलट खान्छ । त्यसपछि सबै नेपाली दान दिन सक्ने हैसियतका बन्छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com