बेलायतबाट गायिका सुमिताले रिलिज गरिन् सुख खुशी बोलको गीतको म्यूजिक भिडियो — OSNepal

बेलायतबाट गायिका सुमिताले रिलिज गरिन् सुख खुशी बोलको गीतको म्यूजिक भिडियो

LC (KTM) July 02, 2022 0

काठमाडौँ । गायिका सुमिता राईको सुख खुशी बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि बेलायतमा रहँदै आएकी गायिका सुमिताले सुख र खुशीको कुरा गर्दै रिलिज गरेको गीतमा उनले देश छोडेर परदेश जान कसैलाई पनि रहर नहुने तर भावीको खेलले को कहाँ पुगिन्छ त्यो टुंगो नहुने कुरालाई इंगित गरेकी छिन् ।

बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको देश प्रेमले भरिएको गीतमा गायिका स्वयमकै अभिनय देख्न सकिन्छ । परदेशको ठाउँमा, मन त हजुर उतै हुन्छ आफ्नै गाउँ घरमा जस्ता मर्मस्पर्शी शब्दहरुले भरिएको गीतका शब्द शृजना हिमकला किरातीका हुन् भने गीतमा गंगाराज राईको संगीत रहेको छ ।

बेलायतमा चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन रहेको गीतको सहनिर्देशन दीपिका श्रेष्ठले गरेकी हुन् । नबिन निरौलाको कलर रहेको भिडियोको नेपालमा छायांकन विष्णु भट्राईले गरेका हुन् ।

किशोर अवस्था देखिनै गीत संगीतमा झुकाव राख्दै आएकी गायिका सुमिता खोटागंमा जन्मेर धरानमा हुर्कीएकी चेली हुन् । सन् २०१९ अगष्टमा पहिलो गीत बजारमा ल्याएकी सुमिताले सगुन एल्बमबाट ७ वटा गीत बजारमा ल्याएकी छिन् । सन् २००३ मा बेलायत पुगेकी गायिकाका २ सन्तान र पति बेलायतमा नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *