प्रधानमन्त्री ओलीको गृहनगरमा राष्ट्रिय गौरबको आयोजना आएर के गर्नु , निजी क्षेत्रद्धारा भेन्टिलेटर खरिदका लागी आर्थिक संकलन सुरु गर्नु परिरहेको छ — OSNepal

प्रधानमन्त्री ओलीको गृहनगरमा राष्ट्रिय गौरबको आयोजना आएर के गर्नु , निजी क्षेत्रद्धारा भेन्टिलेटर खरिदका लागी आर्थिक संकलन सुरु गर्नु परिरहेको छ

LC (KTM) June 17, 2021 0

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बिभिन्न राष्ट्रिय गौरबको आयोजना त भित्र्याए तर नागरिकको स्वास्थ्यका लागि राम्रो अस्पताल समेत बनाउन सकेनन् । राष्ट्रिय गौरबको आयोजना आउनु दमकबासीका लागि त खुशीकै खबर हो तर आफु बिरामी पर्दा उपचार गर्ने भरपर्दाे अस्पताल नहुदाको पीडा पनि उत्तिकै भोग्नुपरेको छ दमकबासीहरुले ।

झन् अहिले कोरोनाको संक्रमण तिब्र रुपमा देखिरहेको दमकमा नागरिक त्रसित नै रहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै दमकमा निजि क्षेत्रको पहलमा भेन्टिलेटर खरिदको पहल हुन थालेको छ । उद्योग बाणिज्य संघ दमकको अगुवाईमा गम्भिर प्रकिृतिका बिरामीहरुको उपचारको लागी भेण्टिलेटर खरिदको प्रक्रिया अघि बढाईएको संघका अध्यक्ष गोकुल श्रेष्ठले आज बाणिज्य संघको कार्यालयमा भएको छलफलमा जानकारी दिए ।

संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा भेण्टिलेटर खरिद समिति गठन गरि तत्काललाई ५ वटा भेण्टिलेटर खरिद गर्ने गरी प्रक्रिया सुरु गरिएको उनले बताए । समितिले भेण्टिलेटर खरिदको लागी आर्थिक संकलन सुरु गरेको समितिका संयाजक प्रसार्इंले जानकारी दिए । उद्योग बाणिज्य संघ दमकले १ लाख ५१ हजार रुपैयाँ सुरुवाती रकम जम्मा गरेपछि अन्य ब्यवसायी तथा सर्वसाधारणबाट रकम संकलनको काम थालिएको उनले बताए ।

हाल सम्म समितिमा १० लाख ५२ हजार रुपैयाँ जम्म भएको उनले जानकारी दिए । प्रसाईं सम्योजकत्वको समितिले बिज्ञहरु सम्मिलित अन्य उप समिति समेत गठन गरि भेण्टिलेटर खरिदको लागी प्रक्रिया अघि बढाएको छ । हाल दमकमा सरकारी र निजि क्षेत्रका अस्पतालहरु गरि जम्मा १४ जना भेण्टिलेटर रहेको दमक नगरपालीका स्वास्थ्य शाखाका अधिक्रित नगेन्द्र भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर