अलौकिक कवि देशभक्तलाई नगद ६ लाख पुरस्कार सहित १२ उपाधिले सम्मान — OSNepal

अलौकिक कवि देशभक्तलाई नगद ६ लाख पुरस्कार सहित १२ उपाधिले सम्मान

LC (KTM) July 04, 2022 0

पोखरा । अलौकिक कवि देशभक्तसिंह कुँवरलाई पोखरामा शनिबार विभिन्न १२ संस्थाले १२ उपाधिसहित सम्मान गरेका छन् ।साहित्य, संगीत, कलाकारिता, संचारकर्मी लगायत विविध क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको कदरस्वरुप उनलाई १२ उपाधिसहितसम्मान गरिएको हो । हरेक संस्थाले उनलाई नगद ५० हजार, सम्मानपत्र, मायाको चिनो, दोसल्ला सहित सम्मान गरेका हुन् ।

उनलाई साहित्य सम्राट, वाङ्मय सम्राट, शब्द सम्राट, सिर्जना सम्राट, लेखक सम्राट, रचना सम्राट, महासाहित्यकार, बहुआयामिकव्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग संचारमणि र दुर्लभ महामानव उपाधिबाट सम्मान गरिएको हो ।

सम्मान गर्ने संस्थाहरुमा इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौं र पोखरा शाखा, उन्नतिशीलवाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपांकन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणासांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौं, काविन ग्राफिक्स डिजाइनिङएण्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार हुन्।

समारोहमा शिक्षाविद् जर्ज जोनसहित १२ प्रमुख अतिथिहरुले उनलाई उपाधिसहित सम्मान गरेका हुन् । अन्य प्रमुख अतिथिहरुमागण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, वरिष्ठ साहित्यकार छन्दनायक माधव वियोगी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, शिक्षाविद् बालगोपाल अमात्य, वरिष्ठ गायिका बाबा राणा, साहित्यकार डा. गेहेन्द्रमानउदास, एड्स रोग नियन्त्रण संघका अध्यक्ष विश्वमोहन गौचन र शिक्षाविद् टीकाराम कोइराला, वरिष्ठ चिकित्सकहरु डा. बुद्धिबहादुरथापा, डा. ध्रुव अधिकारी, डा. मुकुन्द आचार्य थिए ।

इन्याल्क नेपालका अध्यक्ष प्राडा यामबहादुर पौडेल क्षेत्रीलगायतको सामूहिक अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् जर्ज जोन, गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपति बिखर्ची, समीक्षक मदन भण्डारी, साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवर, संस्कृतिसेवी रामदेवीकुँवर, पत्रकार विजय नेपाल, अम्बिका राणालगायतले अलौकिक कवि कुँवरको बहुआयामिक क्षेत्रको चर्चा गरेका थिए । श्रीऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखराका अध्यक्ष कृष्णबहादुर कुँवर, संचारकर्मी एवं साहित्यकार सुमन केसीले व्यवस्थापनमा सहयोग गरेका थिए ।

छोटो बसाइँमै साहित्य र संगीतका सिर्जना जति पनि सिर्जित गर्न सक्ने क्षमतावान् उनी चार दशकदेखि अनवरत कला, साहित्य रसंगीतमा क्रियाशील छन् । मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताजमल्टिमिडिया, कुँवर राणा गार्डेन सोसाइटी, सिर्जनशीनल साहित्य परिवारमा हाल अध्यक्ष छन् । २०४८ सालमा रेडियो नेपालको चौतारीकार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा हात हालेका कुँवरले गिनिज बुक वल्र्ड द रेकर्डमा समेत नाम लेखाएकाछन् । उनी हालै चितवनमा साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मानित भएका थिए ।

बहुआयामिक प्रतिभाका धनी उनले साहित्यकार, नायक, गायक, संगीतकार, गीतकार, निर्देशक, मोडल, संचारउद्यमीको परिचयबनाएका छन् । उनका हालसम्म साहित्यका दर्जनौं कृति प्रकाशनमा छन् भने २५० गीतमा स्वर तथा संगीत दिएका छन् । साथै १०८ कृतिप्रकाशोन्मुख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर