डेटिङ एपबाट छानेको श्रीमान् बिबाह गरेको १० महिना पछि महिला भएको थाहा पाएपछि एक युवती तनावमा — OSNepal

डेटिङ एपबाट छानेको श्रीमान् बिबाह गरेको १० महिना पछि महिला भएको थाहा पाएपछि एक युवती तनावमा

LC (KTM) July 05, 2022 0

डेटिङ एपको माध्यमबाट बिबाह गरेकी एक इन्डोनेसियाली महिलालाई आफ्नो श्रीमान् महिला भएको थाहा भएपछि तनाव भएको छ । त्यो पनि बिबाह गरेको १० महिना पछि मात्र आफ्नो श्रीमान् समलिङ्गी भएको थाहा पाए पछि रनभुल्लमा परेकी छिन् ति महिला । एन ए भनेर चिनिने जाम्बी सहरकी २२ वर्षीया ति महिलाले डेटिङ एपमा अहनफ अराफिफलाई भेटेकी थिईन् । उनले स्ुरुमा विदेशमा अध्ययन गरेको सफल डाक्टर भएको दाबी गरेका थिए ।

दुबैबीचको प्रेम झाँगिदै गयो । राम्रो बानी ब्यवहारका कारण ति महिला आकर्षित भईन् । पछि बिबाह गरे । जब बिबाह गरिसके पछि एनए र उनको परिवारले ती युवक बारे अनौठा कुराहरू थाहा पाउन थाले । उनले कहिल्यै पनि ति महिलालाई आफ्नो परिवार संग भेट गराएनन् । तर यी सबै कुरा खासै गम्भीर थिएनन् । एनएकी आमाले जुन कुरा निगरानी गरिरहेकी थिइन् ती साँच्चै नै बढी गम्भीर थिए ।

अहनफले कहिल्यै अरूको अगाडि आफ्नो लुगा फुकालेनन्, आफ्नी श्रीमतीले अगाडि पनि । घरमा अरु भएका बेला उनले लुगा नै लगाएर नुहाएको पनि एनएकी आमाले याद गरेकी थिइन् । आफ्नो श्रीमान्को छातीमा गाँठो देखेपछि यसबारे ति महिलाले सोध्दा हर्माेनका कारण भनेर पन्छिने गरेका थिए । तर दिन दिनै शंका बढ्दै गएपछि उनले पुरुष भएको प्रमाण पेश गर्न माग गरिन् । यो भयानक अवस्थाबाट बाहिर निस्कन नसकेर अहनाफले आफ्नो लुगा फुकालिन् ।

एनएकी आमाले जे शंका गरेकी थिइन्, आखिर त्यहि भयो । अहनफले आफू वास्तवमा महिला भएको र आफ्नो वास्तविक नाम इरायनी भएको जानकारी दिएपछि सबै छक्क परेका थिए । तर एनएले जाम्बी जिल्ला अदालतमा पछिल्लो १० महिनादेखि वैवाहिक सम्बन्धमा रहेका श्रीमान् संग आफूले थुप्रै पटक शारिरीक सम्बन्धसमेत स्थापित गरेको तर त्यतिबेला पनि कुनै आशंका नभएको उनले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर