अर्थमन्त्री शर्मा विवादमा तानिदा महासचिवमा वर्षमानको 'इन्ट्री' सहज — OSNepal

अर्थमन्त्री शर्मा विवादमा तानिदा महासचिवमा वर्षमानको ‘इन्ट्री’ सहज

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महासचिव चयनका लागि सहज हुने भएको छ । महासचिवका दावेदार अर्थमन्त्री जनार्दन शर्मा बजेटको विषयमा विवादमा तानिएपछि अर्का दावेदार नेता वर्षमान पुनलाई सहज हुने देखिएको छ ।

आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठनको विषयमा छलफल भएपछि अध्यक्ष प्रचण्डले आजको बैठक स्थगित गरेर पदाधिकारी टुंगो लगाउन आफ्ने निजी निवास खुमलटारमा छलफल गरेका थिए ।

सम्भवत अध्यक्ष प्रचण्डले भोली तयार पारेकोपदाधिकारीको सुची भोली बस्ने बैठकमा पढेर सुनाउने भएका छन् । सत्तारुढ दलबाटै शर्माको राजीनामा माग भएपछि प्रचण्डले पुनलाई महासचिव बनाउने तयारी गरेको निकट स्रोतले बताएको छ ।

यदि शर्माले अर्थमन्त्रीबाट हट्नुपर्ने अवस्था आए पुनलाई अर्थमन्त्री बनाई शर्मालाई महासचिव बनाउने प्रचण्डले गृहकार्य गरिरहेको पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर