नागरिकता विधेयक फिर्ता लिने सरकारको निणर्य — OSNepal

नागरिकता विधेयक फिर्ता लिने सरकारको निणर्य

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । सरकारले नागरिकता विधेयक फिर्ता लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

संसदमा रहेका दलहरुका वीचमा भएको सहमतिका आधारमा प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निणर्य गरेको हो ।

तत्कालिन केपी शर्मा ओलीको सरकार रहेको समयमा २०७५ साउन २२ गते नागरिकता विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर