साउथ सुपरस्टार महेश बाब्को भाई नरेशको रोकिएन केटी फेरी फेरी हिड्ने बानी, श्रीमतीले बिच सडकमै हानिन् चप्पल — OSNepal

साउथ सुपरस्टार महेश बाब्को भाई नरेशको रोकिएन केटी फेरी फेरी हिड्ने बानी, श्रीमतीले बिच सडकमै हानिन् चप्पल

LC (KTM) July 05, 2022 0

साउथ सुपरस्टार महेश बाबुका सौतेनी भाइ नरेश बाबुको व्यक्तिगत जीवनमा ठूलो हलचल मच्चिएको छ । नरेशले छिट्टै कन्नड अभिनेत्री पवित्रा लोकेशसँग विवाह गर्न लागेको खबर छ । उनी आफ्नी तेस्रो श्रीमती रम्या रघुपतिसँग अलग भएको पनि सुनिएको छ । तर चौथो बिहेको बाटो नरेशका लागि त्यति सहज हुने देखिदैन । त्यसैले उनीहरुको प्रेम जीवनलाई लिएर ठुलो ड्रामा बनाइएको छ ।

एक भिडियो सार्वजनिक भएको छ जसमा नरेशलाई रम्याले पवित्रासँगै मैसूरको एक होटलमा रंगेहात समातेको छ। उनकी पूर्वपत्नी राम्याले नरेशमाथि आक्रमण गर्ने प्रयास गरेकी छन् । यो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा नरेश(पवित्रा प्रहरीको सुरक्षामा होटलको कोठाबाट बाहिर निस्केको देखिन्छ ।

जहाँ रम्याले उनलाई चप्पल हानेर गाली गर्ने प्रयास गरेको देखियो । त्यसपछि लिफ्टमा जाने क्रममा नरेशले रम्यालाई  ठगी महिला भने । रम्याको राकेश शेट्टी नामका व्यक्तिसँग अफेयर रहेको दाबी गरेका छन् ।  उनीहरु मिलेर उनलाई ब्ल्याकमेल गर्न खोजिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर