‘दोख’को अग्रिम टिकट बुकिङ खुल्यो — OSNepal

‘दोख’को अग्रिम टिकट बुकिङ खुल्यो

LC (KTM) July 05, 2022 0

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । अनुप बराल निर्देशत यस चलचित्रको मंगलबारदेखि मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ खुल्ला गरिएको हो । यो चलचित्र हेर्न चाहने दर्शकले अनलाइनमार्फत आफूलाई पायक पर्ने हलको टिकट बुक गर्न सक्नेछन् ।

‘दोख’ सशस्त्र द्धन्द्धको पृष्ठभूमिमा निर्माण गरिएको चलचित्र हो । सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर चलचित्र बनेको हो । राजन कठेतको कथा रहेको चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्र सोमबार सेन्सर पास भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर