एयरपोटमा खिचेको सेल्फी सम्झना छाडेर अस्मिता र महेश सँगै उडे अष्ट्रेलिया, के प्रेममा छन् उनीहरु ? — OSNepal

एयरपोटमा खिचेको सेल्फी सम्झना छाडेर अस्मिता र महेश सँगै उडे अष्ट्रेलिया, के प्रेममा छन् उनीहरु ?

LC (KTM) July 06, 2022 0

काठमाडौं:

गायिका अस्मिता अधिकारी र महेश काफ्ले सुटुक्क अष्ट्रेलिया उडेका छन् । पछिल्लो समयका अत्यधिक चर्चित र सफल गायक(गायिका अस्मिता अधिकारी र महेश काफ्ले केही समयदेखि उनीहरू ‘रिलेसनसीप’ मा रहेको गाइँगुइँकाबिच अष्ट्रेलिया उडेका हुन् ।

उनीहरुले उड्नुअघि आफूहरूको सम्बन्धका विषयमा मुख खोल्दै प्रेमी प्रेमीका नभई राम्रो साथी मात्र भएको बताएका छन् । जाँदाजाँदै महेशले भने ‘हामीलाई सांगीतिक कामको सिलसिलामा धेरै ठाउँमा मिडियाकर्मीले सँगसँगै देखिरहनुभएको हुन्छ ।

सायद त्यसैले यस्तो अनुमान लगाउनुभयो होला । तर, हामीबीच असल मित्रताबाहेक अरू केही छैन ।’अस्मिता आफूभन्दा उच्चस्तरकी गायिका भएको र उनीबाट धेरै सिकेको बताउँदै गायक काफ्लेले अस्मिता आँफुभन्दा निकै माथिको गायिका भएका कारण त्यो कुरा सोच्नै नसकीने प्रतिक्रिया दिएका छन् ।

अस्मिताले पनि यस्तो गसिप आउँदा अचम्ममा परेको प्रतिक्रिया दिएकी छिन् । केही समयअघि अस्मिताले छिन्नलता पुरस्कार प्राप्त गर्दा महेशले सामाजिक सञ्जालमा बधाई दिँदा महेशले लभ रियाक्ट गरेका थिए ।

अस्मिता र महेशले केही गीतहरूमा सहकार्य गरेका छन् । उनीहरूले गाएको युगल गीत ‘अलि वर आऊ’ निकै हिट भएको थियो । अस्मिता र महेशले अष्ट्रेलियाका चार वटा शहरमा सांगीतिक प्रस्तुति दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर