किसानलाई ५० प्रतिशत अनुदानमा भैँसी वितरण — OSNepal

किसानलाई ५० प्रतिशत अनुदानमा भैँसी वितरण

LC (KTM) July 06, 2022 0

कैलाली- कैलालीको जोशीपुर गाउँपालिका वडा नं ६ र ७ स्थित मोहन्याल कृषि समूहमा आवद्ध कृषकलाई वितरण गरिएका भैँसी । भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र धनगढीका सहयोगमा समूहका ८० जनालाई ५० प्रतिशत अनुदानमा भैँसी वितरण गरिएको छ । तस्बिर ः मीन ठकुरी÷रासस

डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पवन चाम्लिङलाई
डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई प्रदान गरिएको छ । डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कलात्मक बुद्धको मूर्तिसहित पुरस्कार चाम्लिङलाई प्रदान गर्नुभएको हो ।

यसैगरी डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा अनोजा गुरुमालाई दिइएको छ । सम्मान पत्रसहित पुरस्कारको राशि रु एक लाख रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले नेपाली भाषा, साहित्य, संस्कृतिको उत्थानमा चाम्लिङको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । राज्यमन्त्री बोधमाया यादवले घर र पुस्तकालय देशलाई हस्तान्तरण गरी पुरस्कार पनि स्थापना गरेर स्वर्गीय रेग्मीले उदाहरणीय काम गर्नुभएको बताउनुभयो । भूकम्पले क्षतिग्रस्त भवनका स्थानमा अर्को भवन बनाउन विस्तृत परियोजना प्रस्ताव तयार भएको उहाँले सुनाउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृतिका माध्यमबाट विश्वका नेपालीलाई एकतामा गाँस्न सकिन्छ भन्ने उदाहरण चाम्लिङ बन्नुभएको बताउनुभयो । राजनीतिज्ञले राज्यलाई सम्पत्ति र पुस्तकालय दिएको उदाहरण रेग्मीले प्रस्तुत गर्नुभएको उहाँको भनाइ थियो ।

पुरस्कृत व्यक्तित्व चाम्लिङले आफू प्रजातान्त्रिक रुपमा पाँचपटक सिक्किमको मुख्यमन्त्री चुनिएको उल्लेख गर्नुहुँदै त्यो समयमा जैविक खेतीका लागि काम गर्न सफल भएको अनुभव सुनाउनुभयो । नेपाल कृषि प्रधान देश भएकाले यहाँ पनि जैविक खेतीको सम्भावना प्रचुर रहेकाले त्यसतर्फ आकर्षित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रेग्मीको नाममा स्थापना भएको पुस्तकालय विकास समितिका अध्यक्ष प्रा डा धु्रुवकुमार घिमिरेले शान्ति स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्नेलाई विसं २०७४ देखि यो पुरस्कार दिइँदै आएको जानकारी गराउनुभयो ।

पुरस्कार छनोटका लागि इन्दिरा दलीको संयोजकत्वमा प्रा डा मोहन लोहनी र पूर्वसहसचिव दिनेश श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले सर्वसम्मतरुपमा पुरस्कार छनोट गरेको पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर